काठमाडौँ। । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार अपराह्न चार बजेर ३० मिनेटमा दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मानप केन्द्रले जनाएको छ ।
खार्रालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ ।