काठमाडौं । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको निरीक्षण गर्न पुगेका मेयर सुवेदीमाथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्।
एक्कासी एक युवाले सुवेदीमाथि मुक्का प्रहार गरेपछि मेयरसँगै रहेका प्रहरी र नगरप्रहरीले उनलाई जोगाएका थिए ।
पहिरोले विस्थापित भएको लामो समयसम्म पनि कुनै व्यवस्थापनको पहल उपमहानगरपालिकाले नगरेको भन्दै स्थानीय एक युवाले मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।
पहिरोले सो क्षेत्रका ५० बढी परिवार विस्थापित भएका छन् ।