बैतडीमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। सुर्कालबाट देहिमाडौं जाँदै गरेको भे १ च १११६ नम्बरको जिप सोमबार बिहान साढे नौ बजे देहिमाडौं नजिक दुर्घटना भएको हो।
घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका–५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका–२ का जयबहादुर बोहरा छन् ।
चालक चन्दको अवस्था गम्भीर रहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।