• श्रावण ९ २०८३, शनिबार

ईपीएलको विजेताले ५० लाख पाउने

भाद्र १५ २०७८, मंगलवार

काठमाडौँ। काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् ।

ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियू क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।