• बैशाख २७ २०८३, आईतवार

सुकुम्बासी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

श्रावण २१ २०७८, बिहीबार

काठमाडौँ। भूमि आयोग खारेजीविरुद्ध नेपाल भूमिहीन सुकुम्बासी संगठनले आन्दोलनको घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले गरेको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेकी हुन् ।

र साउन २२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने, २३ गते देशभरका भुमिहिन, सुकुम्वासी, अव्यवस्थित बस्तीहरुमा जनाकारी तथा जागरण कार्यक्रम गर्ने र २४ गते जिल्ला जिल्लामा विरोध सभासहित थप कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।