• बैशाख २० २०८३, आईतवार

सरकारको पहिलो प्राथमिकता – कोरोना खोपको आयात

जेष्ठ ११ २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड–१९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्नेगरी काम गर्न कोभिड–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका हुन् ।

ओलीले कोभिड–१९ नियन्त्रण सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताहरूको समाधान गरिसकेको जानकारी पनि दिए । ओलीले कोरोना खोपको आयात सरकारको पहिलो प्राथमिकता भएको बताउदै कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिए ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा कोभिड–१९ निर्देशक समिति गठन गरेको हो । समितिको पहिलो बैठक मंगलवार बसेको हो ।