• बैशाख २० २०८३, आईतवार

संसद विघटनको विरुद्धमा सर्वोच्चमा दर्ता भएका ३० वटा रिटको पेशी तोकियो

जेष्ठ ११ २०७८, मंगलवार

काठमाडौँ । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा दर्ता भएका ३० वटा रिटको पेशी तोकिएको छ ।

जसमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ ।

त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

संसद विघटन असंवैधानिक र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका छन् ।