• बैशाख २० २०८३, आईतवार

कपिलवस्तुमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

जेष्ठ १० २०७८, सोमबार

कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

असंवैधानिक तबरबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहन गरेका हुन्

देश कठिन परिस्थितिमा रहेको अवस्थामा नेपाली जनताहरुले अक्सिजन र बेडको अभावमा आफ्नो ज्यान गुमाइरहेको अवस्थामा प्रधानमन्त्री जो देशको अभिभावक हो त्यो अभिभावक नभएर एउटा सन्कीको रुपमा प्रतिनिधि सभा पटक पटक विघटन गर्ने र त्यो विघटनलाई राष्ट्रिपतिले रबर स्ट्यम्प जस्तै अनुमोदन गरेर संसदको विघटन गरेकोविरुद्धमा सबै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आन्दोलन गरेको नेता प्रकाश घिमिरेले बताए ।

यो महामरीको बेला सत्ता पलट्याउने, सत्ता बनाउने, सरकार बनाउने, सरकार हटाउने मन्त्री बनाउने र मन्त्रिको पद खोस्ने जस्ता क्रियाकलप भइरहेको छ यो प्रति हामी युवाहरुको ध्यानाकर्षण भएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख वजिह अर्सदले बताए ।

अहिले सबै दल चाहे सत्ता पक्ष हो य प्रतिपक्ष सम्पूर्ण मिलेर कोरोना महामरीबाट लड्नु पर्ने अवस्थामा सरकारको खिचातानिले गर्दा आज आम नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था निर्माण भएको कारणले हामी तौलिहवामा विरोध प्रर्दशन गरेको अर्सदले बताए ।

संसद विघटन गर्ने कदम असंवैधानिक भएकाले पार्टीको निर्देशन अनुसार नैे आन्दोलनका कार्यक्रम जारी राखेको बताइएको छ । कार्यक्रममा नेवि संघका जिल्ला सभापति राकेश पाण्डे, तरुण दलका क्षेत्रिय सभापति राजेश उपाध्याय, नेता जगदिश पाण्डे, नगर सभापति प्रसान्त कार्की, अनिल क्षेत्री धिरेन्द्र उपाध्यायय लगायतको सहभागिता रहेको थियो ।