काठमाडौँ /
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छिन। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ‘नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८’ जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा प्रेषित विज्ञप्तिमा बताइएको छ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम सो अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले बताएको छ।
हेरौं राष्ट्रपति कार्यालयद्वारा प्रेषित विज्ञप्ति ⇓
