• बैशाख २० २०८३, आईतवार

चुनावमा मलाई थर्काइयो,थर्काएको आवाज रकर्ड राखेको छु: सांसद देबकोटा

जेष्ठ ९ २०७८, आईतवार

काठमाडौँ /

राष्ट्रिय सभा सदस्य डा.खिमलाल देबकोटाले चुनावको दौरान आफूलाई धेरैले फकाउने र धर्काउने काम गरेको बताएका छन्। आफूलाई व्यक्तिगत रुपमा चुनावबाट पछि हट्न फकाएको र धर्काएको भन्दै सामाजिक संजालमा उनले पोष्ट गरेका छन्।

ती थर्काउनेहरुमध्य कसैको आवाज रेकर्ड नै  राखेको बताउदै देबकोटाले भनेका छन्, ‘कसैको त Voice रेकर्ड नै राखेको छु। तर म अडिग रहे।’ कसैको थर्काईबाट आफू विचलित भएको भए आफू मात्रै होइन आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने बुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै ‘लामो समय राजनीति गर्ने केही नेताहरुले हामिजस्ताबाट केही सिक्दा राम्रै होला’ समेत भनेका छन्।

डा. देबकोटा बागमती प्रदेशको राष्ट्रिय सभा उप-निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र),नेकपा (एमाले) माधव नेपाल समूह र जनता सनाजवादी पार्टीको डा. बाबुराम भट्टराई,उपेन्द्र यादव समूहका साझा उम्मेद्वार थिए। उनले नेकपा (एमाले)का आधिकारिक उम्मेद्वार वहालवाला गृहमन्त्री राम बहादुर थापा ‘बादल’लाई हराउदै सो चुनावमा जित हात पारेका थिए। देबकोटाले ५०८८ मतभार पाउदा बादलले ४०१४ मतभार पाएका थिए।

हेरौं देबकोटाको पोष्ट ⇓

 देबकोटाको पोष्ट
देबकोटाको पोष्ट