झापा /
प्रजातन्त्र सेनानी सदुवा किसानको निधन भएको छ । प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा आज निधन भएको हो । किसान समुदायका एक मात्रै प्रजातन्त्र सेनानी मेचीनगर निवासी थिए । प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण किसानलाई पञ्चायती सरकारले सात वर्ष जेल हालेको थियो ।
विसं २०२९ देखि २०३६ सम्म चन्द्रगढी जेलमा बन्दी जीवन बिताएका किसानको घरबाट १२ थान हतियार (बन्दुक) बरामद गरिएको थियोे । हतियारसहित पक्राउ परेका उनलाई हतियार ओसारपसार तथा भण्डार तथा राज्य द्रोहको मुद्दा लगाइएको थियोे ।झापा मेचीनगर नगरपालिका–१० किसान बस्तीका बासिन्दा सिके प्रसाईं (रामबाबु), कुलबहादुर (केबी) गुरुङ, तुर्सा हेमरमका सहयात्री उनी गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र मानिँदै आएका थिए । भूविक्रम नेम्वाङसँगै काँग्रेसले चलाएको सशस्त्र आन्दोलनमा उनी सरिक व्यक्ति भएको बताइन्छ ।