• बैशाख २० २०८३, आईतवार

राष्ट्रपति भण्डारीको आह्वान संविधान विपरीत भन्दै १३ वटा रिट पेश

जेष्ठ ७ २०७८, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार नयाँ सरकार गठनको आह्वान गरेपछि त्यसविरूद्ध १३ वटा रिट पेश गरिएको छ ।

शुक्रबार (आज) पेश भएका उक्त १३ रिट समय अभावका कारण दर्ता गर्न नसकिएको सर्वाच्च अदालतको रिट महाशाखाले जनाएको छ । समय अभावको कारण आज दर्ता नभएपनि आइतबार दर्ता हुने बताइएको छ ।

आज १३ वटा नै रिटको अध्ययन गरिएको र तीन वटा रिट क्षेत्राधिकारभन्दा बाहिर गएर ल्याइएको कारण सच्याएर ल्याउन भनिएको रिट महाशाखाले जनाएको छ ।

रिटमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि विहीबार गरेकी आह्वान संविधान विपरीत भएकाले त्यसलाई बदर गर्न माग गरिएको छ ।