• बैशाख २० २०८३, आईतवार

अक्सिजनको कालोबजारी, तीन जना पक्राउ

जेष्ठ ५ २०७८, बुधबार

ललितपुर । प्रहरीले अक्सिजनको कालोबजारी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

कोरोना संक्रमितहरुका लागि अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेका बेला कालोबजारी गरेको आरोपमा ललितपुर प्रहरीले बुधबार अक्सिजन सिलिन्डर कालो बजारी गरेको आरोपमा नगदसहित महालक्ष्मीथानबाट तीन जनालाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा नुवाकोट विदुर घर भई सातदोबाटो बस्ने रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा घर भई लगनखेल बस्ने नवराज खनाल र धादिङ घर भई इमाडोल बस्ने राम शरण अधिकारी छन् । १५ हजार मूल्य पर्ने भरिएको अक्सिजन सिलिन्डर ४१ हजारमा बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।