• बैशाख २० २०८३, आईतवार

लमजुङमा भूकम्प, ५ घर भत्किए, चार घाइते, काठमाडौंसम्म धक्का

जेष्ठ ५ २०७८, बुधबार

काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।
भूकम्पको धक्का काठमाडौंसम्म महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो । भूकम्पले  लमजुङमा  पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् ।

गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा क्षति भएको हो । ‘हामीकहाँ अहिले प्रारम्भिक सूचनामात्र आएको छ,’  डीआईजी अर्यालले भने, ‘पाँचवटा घर आंशिक क्षति भएको भन्ने खबर छ, चारजना सामान्य घाइते हुनुभएको छ ।’