बाँके । नेपालगञ्जबाट दाङको तुलसीपुर अक्सिजन सिलिन्डर लिएर जाँदै गरेको जिप दुर्घटना भएको छ।
पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा अक्सीजन सिलिण्डर बोकेको उक्त जिप दुर्घटनामा भएको हो।
प्रहरी अस्पताल नेपालगन्जबाट अक्सिजन भरिएका सिलिन्डर लिएर जाँदै गरेको जिप कोहलपुरदेखि झण्डै ३० किलोमिटर अगाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा कुनै मानवीय क्षती नभएको प्रहरीले जानकारी दिएको छ।