• बैशाख २० २०८३, आईतवार

चीनबाट थप ९७५ वटा अक्सिजन सिलिण्डर काठमाडौं ल्याइयो

जेष्ठ ३ २०७८, सोमबार

काठमाडौं । चीनबाट थप ९७५ वटा अक्सिजन सिलिण्डर काठमाडौं ल्याइएको छ । योसँगै अब चीनबाट कुल १३७५ वटा सिलिण्डर नेपाल आएका छन् ।

नेपाल वायुसेवा निमगको वाइडबडी जहाजले आइतबार र सोमबार थप ९७५ वटा अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको हो ।

नेपाल एयरलाइन्सले चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याइरहेको छ ।
नेपाल वायुसेवा निगमको जहाज आज र भोलि बेइजिङ जाँदैछन् । ती दुई उडानबाट समेत थप सिलिण्डर नेपाल ल्याइने भएकाे छ ।