काठमाडौ/
नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका १९ वडा समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)ले देशको रगत व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न र गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै ईन्द्र बिनायक क्लव, संयुक्त युवा क्लव, कृष्ण पाती व्यवस्थापन समिति र कोर सिटी कलेक्टीभ्सको सहयोगमा उक्त आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

रक्तदान कार्यक्रम समारोहमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य सहित कामपा १९ का समाजसेवीहरुको उपस्थिति रहेको थियो।
हालको विषम परस्थितिलाई मध्यनजर गर्दै पीडितलाई राहत स्वरूप रक्तदान गराउन गरिएको आव्हानलाई कार्यान्वयन गर्न आम स्वयंसेवी रक्तदाता एवं रक्तदान कार्यक्रम आयोजक संघ संस्थाहरूको प्रमुख दायित्व भएको आयोजक काठमाडौ महानगरपालिका-१९ नगरसमितिका अध्यक्ष बिनोद खड्गीले बताए।
आाकस्मिक रुपमा सञ्चालित रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४१ जनाले स्वयंसेवी तवरले रक्तदान गरेको कार्यक्रमको संयोजन एवं सञ्चालन नगरसमितिका सचिव जेन शाहीले गरेका थिए।
हेरौं रक्तदानका केही तस्बिरहरु ⇓


