• बैशाख २० २०८३, आईतवार

प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग गरे कारवाही गर्ने काउन्सिलको चेतावनी

जेष्ठ २ २०७८, आईतवार

काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकेटको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्र व्यावसायिक नरोकिए कानुनी कारबाही गरिने जनाएको छ।

काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा आज विज्ञप्तिमा त्यस्ता कार्यप्रति गम्भीर बन्न नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि विभागलाई आग्रह गरिएको छ।