• बैशाख २० २०८३, आईतवार

साढे २ लाख बराबरको अवैध मोबाइल बरामद

जेष्ठ १ २०७८, शनिबार

रौतहट । रौतहट प्रहरीले दुई लाख ५० हजार बराबरको अवैध मोबाइल बरामद गरेको छ । निषेधाज्ञाको मौकाछोपेर भारतीय बजारबाट अवैध रूपमा भित्र्याउन लागेको विभिन्न ब्रान्डका मोबाइल बरामद गरेको हो ।

ईशनाथ न.पा.४ लतमरी स्थितमा चेकजाँचको क्रममा दुई लाख पचास हजार बराबरको मोबाइल बरामद भएको एसपी सिद्धीविक्रम शाहले बताए । प्रहरी गस्ती टोलीलाई देखेपछि तस्कर भने फरार भएकाले सो बारे थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।