• बैशाख २० २०८३, आईतवार

बाँकेमा कोरोनाले समाजसेवी बिष्टको निधन

जेष्ठ १ २०७८, शनिबार

काठमाडौँ /

बाँकेको कोहलपुरमा कोरोनाले समाजसेवी लक्ष्मी प्रसाद बिष्टको ज्यान गएको छ। गत बैशाख ९ गते घरमै रहदा सामान्य रुघाखोकी,ज्वरो आएर स्थानिय स्वास्थ्यकेन्द्रमा जचाउदा टाइफाइड भएको भनेर सोही अनुसार औषधी खाँदै आएका बिष्ट केहीदिन औषधी खाँदा पनि निको नभएर झन् समस्या हुँदा पिसिआर जाँच गर्दा कोरोना संक्रमण देखिएको कोहलपुरका अर्का समाजसेवी ओपेन्द्र नाथ योगीले जानकारी दिए।

कोरोना संक्रमण देखिएसँगै बिष्टलाई नगरपालिकाको आइसोलेशन केन्द्रमा राखिएको थियो। आइसोलेशनमा रहदा बिष्टको शरीरमा अक्सिजनको कमि भएर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो। उपचारको क्रममा गएराती उनको निधन भयो।

सल्यानमा जन्मिएका बिष्ट एक सफल शिक्षक,संस्कृतीकर्मी र चर्चित ललिलकलाकर्मी थिए। झन्डै २ दशक अघि सल्यानको कूमाख गाउँपालिका वडा नम्बर ३ (मर्मपरिकाँडाबाट) कोहलपुर  नगरपालिका वडा नम्बर ९ हवल्दारपुरमा बसाई सरेका उनी जहाँ रहेपनि आफ्नो लोकसंस्कृतीलाई जगेर्ना गर्न सधैं अघि सर्थे।  लक्ष्मी प्रसाद बिष्टको निधनसँगै देशले एक होनहार कलाकर्मी गुमाएको महशुष गरेको योगीले बताए।

बाँके जिल्लाका कोरोना फोकल पर्सन तेज बहादुर वलीका अनुसार बाँकेमा आजसम्म ३२३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने १५१६९ जना मानिस संक्रमित भएका छन्।