• बैशाख २० २०८३, आईतवार

कोभिड संक्रमण बढेसंगै मानव अधिकार आयोगको सरकारलाई आग्रह

बैशाख ३१ २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सबै गम्भीर प्रकारका बिरामीको स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

आयोगले आज विज्ञप्ति जारी गर्दै अस्पतालमा अक्सिजनसहितका थप शैय्याको व्यवस्था मिलाउन, बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउने सन्दर्भमा प्रभावकारी कदम चाल्न तथा कोभिडविरुद्धको दोस्रो चरणको खोपको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेको हो।