काठमाडौं । मृत्यु भएका कोरोना संक्रमितको शव जलाउने पशुपति आर्यघाटका कर्मचारीलाई प्रतिशव १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने दिइने भएको छ । यो निर्णय पशुपति आर्यघाटमा मात्रै लागू हुनेछ ।
आज पुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमै नियुक्त भएका भानुभक्त ढकालले पदभार ग्रहण गरेलगत्तै शुक्रबार यस्तो निर्णय गरेका हुन् ।
मन्त्रीको सचिवालयका अनुसार उनले यो कार्यकालको पहिलो निर्णय प्रोत्साहन भत्तास्वरूप एक हजार रूपैयाँ दिने निर्णयको फाइल सदर गरेका थिए ।