• बैशाख २० २०८३, आईतवार

राष्ट्रपति भण्डारीले नेपाली नर्सहरुको गरिन प्रशंसा

बैशाख २९ २०७८, बुधबार

काठमाडौँ /

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ महामारीको लडाईंमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सहरुको प्रशंसा गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधाबार सामाजिक संजाल ट्वीटरमा एक ट्विट गर्दै अन्तरराष्ट्रिय नर्स दिवस तथा फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरमा शुभकामना दिंदै नेपाली नर्सहरुको प्रशंसा गरेकी हुन्।

‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले ट्वीटमा भनेकी छन् ।

बुधबार विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘नर्स: नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ यो वर्षको नर्स दिवस मनाइँदै छ । हरेक मे १२को दिन आधुनिक नर्सिङ आन्दोलनकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीको अवसरमा विश्वभर नर्स दिवस मनाउने गरिन्छ ।