• बैशाख २० २०८३, आईतवार

जिउँदो कलाकारको निधन भएको गलत समाचार !

बैशाख २८ २०७८, मंगलवार

आफ्नो निधनको खबर सुन्दा आफै अचम्ममा र आक्रोसित बनेकी छिन् कलाकार रश्मि भट्ट । उनको अभिनय रहेको भिडियोलाई लिएर निधन भएको समाचार बनाएकोप्रति आक्रोशित भएकी हुन् ।

उनीद्वारा अभिनित एक भिडियोमा मृत्यु भएको अभिनय गरेको सिनलाई लिएर समाचार बनाइएको थियो ।

सो समाचार हेरेर उनका फ्यान तथा आफन्तहरुले फोन गरेर सोध्दा उनी आफ्नो मृत्युको खबर सुनेर आफै अचम्ममा परेकी छिन् ।
उनले सो समाचार बनाउने पत्रकारलाई समेत कारवाही गर्ने चेतावनी दिएकी छिन् ।