काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनयुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
“थप साधनयुक्त अस्पतालहरु सञ्चालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्नेसमेतका समस्याहरूको समयमै आवश्यक सम्बोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनू”, आदेशमा भनिएको छ, “अस्पतालहरुमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नू ।”
अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरले कोरोना संक्रमणको महामारीबाट बचाउन परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्चबाट जारी आदेश :
