• बैशाख १९ २०८३, शनिबार

प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाए

बैशाख २७ २०७८, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मत गुमाएका छन् ।

आज प्रतिनिधि सभामा ओलीको प्रस्ताव निर्णयार्थ प्रस्तुत भई मतदान हुँदा पक्षमा बहुमत प्राप्त नभएपछि विश्वासको मत गुमाएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ ।

मतदानअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए ।