• बैशाख १९ २०८३, शनिबार

ट्वीट गर्दै ओलीले नेपाल पक्षलाई गरे यस्तो आग्रह

बैशाख २७ २०७८, सोमबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षका सांसदहरुलाई हतारोमा कुनैपनि अनुचित निणर्य नगर्न आग्रह गरेका छन् । सोमबार केहीबेर अघि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्रीले विश्वासको मत लिन बैठक बस्न लागिरहेको अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने पनि बताएका छन् ।

‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ’, प्रधानमन्त्रीले भनेका छन्, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निणर्यमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’ माधव नेपाल पक्षका २२ संसदले भने आजको बैठकमा सहभागी नहुने निणर्य गरेका छन् ।