काठमाडौँ/
नेकपा एमालेका माधव -झलनाथ समूह निकटका सांसदहरुको बैठक बस्दैछ। संसद सचिवालयमा अहिले बिहान ९ बजे बस्ने बैठकमा आजै संघीय संसदमा हुने प्रधानमन्त्री केपी शर्माको विश्वासको मतको बिषयमा छलफल हुने बुझिएको छ।
आईतबार पार्टी एकताका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर आज सोमबार बिहान नौं बजेसम्मको समयसीमा दिएका उनीहरुले छलफल गरेर आफ्नो समूहको निष्कर्ष निकाल्न बैठक बस्न लागीका हुन्।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसदको बिशेष अधिवेसहन आजै दिउसो १ बजे बस्दै छ।