पर्सा । वीरगञ्ज भन्सारबाट अवैध मालसामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले बीरगञ्जबाट नारायणगढ तर्फ गइरहेको ना.३ ख ७२१० नम्बरको पशुपति रोड कैरियर्सको मालवाहक ट्रक र ट्रक चालक २८ वर्षीय सुरज सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।