• बैशाख १९ २०८३, शनिबार

इनारमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

चैत्र २९ २०७७, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलामा ईनारमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।

घर बनाउनका लागि खनेको इनारमा डुबेपछि परिवारले निकालेर मदरल्याण्ड अस्पताल लगेका थिए । चिकित्सकले उनलाई मृत घोषणा गरे ।

दाङ घर भएका राजेश चौधरीको छोरी रोशिका चौधरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बालिकाको बुवा घर बनाउने मजदुर हुन् ।

शव परिक्षणका लागि त्रिवी शिक्षण अस्पताल महराजगञ्जमा पठाइएको छ । बालिका आमासँग दुई दिनअघि मात्रै काठमाडौं आएकी थिईन् ।