• बैशाख १९ २०८३, शनिबार

खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा एक जनाकाे मृत्यु

चैत्र २९ २०७७, आईतवार

दाङ । दाङमा खाना पकाउने ग्यासकाे सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
विस्फाेटबाट दाङको देउखुरीमा राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरुरिया निवासी ६५ पर्षीया पर्शु नारायण चौधरी रहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरिया देखि गढवा गाउँपालिका वडा नम्बर १ बडहरा जोड्ने झोलुङ्गे पुल निर्माण हुँदैछ, सोही पुल निर्माण गर्नका लागि कामदारहरुको क्याम्प साइड छ, कामदारहरुले मोबाईल चार्ज गर्न राखेको बेला तार सर्ट भएर आगलागी भएको घटनाको प्रकृतिले देखाएको छ ,“ प्रहरी निरीक्षक भट्टले भने ।

क्याम्पमा आगलागी भएपछि स्थानीय पर्शु नारायणले बाल्टिन बाट पानी लिएर आगो निभाउने क्रममा विस्फाेट भएकाे ग्यासकाे टुक्रा लागेर उनी गम्भीर घाइते भएका थिए । घाइते चाैधरीलाई उपचारका लागि सिसहनीयाँ थप उपचारका लागि लमही अस्पताल पुर्‍याइएकाे थियो । लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घाेषणा गरेका थिए ।