• बैशाख १९ २०८३, शनिबार

रोल्पामा सुरक्षित आप्रवासन परियोजनाको अनुगमन गरियो

चैत्र २९ २०७७, आईतवार

रोल्पा । रोल्पा जिल्ला परिवर्तन गाउँपालिकाको ३ नम्बर वडा थुनिकोटमा सुरक्षित आप्रवासन परियोजना (सामी)को अनुगमन गरिएको छ ।

वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुका परिवारका लागि गाउँपालिकाले तयार गरेको कार्यक्रम डिकोश संस्थाले लागु गरेको हो । कार्यक्रमको आज २०औं दिनमा करिब ३० जनाले भाग लिएका छन् ।

सो कार्यक्रमको आज अनुगमन समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष हितकुमारी बुढा, प्रसाशकीय अधिकृत तथा अनुगमन सदस्य दिल्ली खड्का, अनुगमन सदस्य विनोद विक को समूहले साक्षरता तालीमको उपलब्धिको महत्वलाई स्पष्ट पारेका थिए ।

साथै सो अवसरमा उनीहरुले बाल शिक्षा विद्यालय र नवनिर्मित वडा कार्यालको निरीक्षण गरेका झन्कार बुढाले जानकारी दिए ।