• बैशाख १९ २०८३, शनिबार

पछिल्लो २४ थप ३०३ जनामा कोरोना सङ्क्रमण

चैत्र २९ २०७७, आईतवार

काठमाडौं । देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३१२५ जनाको पिसीआर परीक्षणमा गरिएकोमा थप ३०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ८० हजार २८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४१ जना कोरोनामुक्त भएका छन्। योसँगै हालसम्म नेपालमा कोरोना मुक्त्त हुनेको संख्या दुई लाख ७४ हजार २७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ । योसँगै हालससम्म नेपालमा तीन हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।