• बैशाख १९ २०८३, शनिबार

हेलिकप्टरबाट पानी फालेर निभाइँदै नागार्जुनको आगो

चैत्र २९ २०७७, आईतवार

काठमाडौँ। काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगाे नियन्त्रणमा लिन हेलिकप्टरबाट पानी खसालिएको छ ।

आइतबार दिँउसो लागेको आगाे नियन्त्रणबाहिर गएपछि हेलिकाेप्टरकाे सहायता लिइएकाे हाे । सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भैरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन् ।