• बैशाख १९ २०८३, शनिबार

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी

चैत्र २९ २०७७, आईतवार

काठमाडौं । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । आइतबार बिहान  ११ बजेदेखि आगलागी सुरु भएको हो ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ तैलुङबाट आगलागी सुरु भएको निकुञ्जले जनाएको छ । आगलागी भएको खबर आएलगत्तै प्रहरी र निकुञ्जको टोली आगलागी नियन्त्रणका खटिएको छ ।

ठूलो हावाहुरीका कारण आगलागी थप बढेको बताइएको छ । अहिले आगलागी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा निकुञ्जकै कर्मचारी लागिपरेका छन् ।