• बैशाख १९ २०८३, शनिबार

नयाँ बसपार्कको होटेलमा भेटियो युवकको शव, २ जना पक्राउ

चैत्र २९ २०७७, आईतवार

काठमाडौँ। काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरको एक होटलमा एक युवकको शव फेला परेको छ ।

शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ ।

मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको बताइएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।