• बैशाख १९ २०८३, शनिबार

पत्रकार महासंघको समावेशी उपाध्यक्षमा उदय जिएम विजयी

चैत्र २८ २०७७, शनिबार

काठमाडौं । चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको मतदानको मत गणना जारी छ । सबै मत परिणाम सार्वजनिक भइ नसकेको भएपनि समावेशी उपाध्यक्षमा उदय जिएम विजय भएका छन् ।

जिएम विपुल पोखरेल प्यानलबाट समावेशी उपाध्यक्षमा चुनाव लडेका थिए । जिएम प्रगतिशील पत्रकार संगठनका अध्यक्ष हुन् । उनका प्रतिद्वन्दी अवधेश झाले जिएमसितको प्रतिष्पर्धामा पराजय स्वीकारेका छन् भने जिएमलाई विजयको शुभकामना दिएका छन् ।

आज बेलुकी ५ बजे देशभरको मतगणनाको परिणाम घोषणा गरिनेछ । प्राप्त पछिल्लो जानकारी अनुसार विपुल पोखरेल प्यानल अघि रहेको छ ।