• श्रावण ३१ २०८३, आईतवार

नेपाल पत्रकार महासंघको निर्वाचनमा विपुल पोख्रेलको प्यानल अगाडि

चैत्र २८ २०७७, शनिबार

काठमाडौँ। नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका लागि भएको देशव्यापी प्रत्यक्ष मतदानको मत परिणाममा विपुल पोखरेलको प्यानल अगाडि रहेको छ । देशका ६० जिल्लाको मत परिणाम आइसके पनि अझै १६ जिल्लाको आउन बाँकी छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चार ग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणामअनुसार विपुल पोखरेल नेतत्ृत्वको प्यानल २०० बढि मतले अगाडि रहेको छ । पोखरेलका नेतृत्व प्यानलको प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानल पछि पर्दै गैरहेको देखिन्छ । तर पनि १६ जिल्लाको मत परिणाम आउन बाँकी भएकाले हेर्न बाँकी छ । हालसम्म पोखरेल नेतृत्वको प्यानलले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत प्राप्त गरेको छ ।