• बैशाख १८ २०८३, शुक्रबार

लाइसेन्सको नतिजा फेरबदल गरेको आरोपमा यातायात प्रमुखसहित १९ जना विरुद्ध भष्ट्राचारको मुद्दा

चैत्र २६ २०७७, बिहीबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नतिजा फेरबदल गरेको आरोपमा यातायात व्‍यवस्था कार्यालय नेपालगञ्‍जका १९ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भष्ट्राचारको मुद्दा दायर गरेको छ ।

आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतीजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिकाविहीन बनाएको तथा परीक्षामा अनुत्तीर्ण भएकालाई नतीजा परिवर्तन गरेको पाइएको छ ।

सो कार्यमा तत्कालीन कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृतद्वय सीताराम खनाल र डकेराज पोखरेल संलग्न रहेको आयोगको अनुसन्धानमा देखिएको छ ।

यस्तै तत्कालीन शाखा अधिकृत ध्रव्रराज देवकोटा, नायब सुब्बा ललितबहादुर वलीलगायत छन् । उनीहरुले लिखित परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।