• बैशाख १८ २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा दिउँसै चोरी गर्ने पाँच जना पक्राउ 

चैत्र २६ २०७७, बिहीबार

 काठमाडौं ।  प्रहरीले काठमाडौं उपत्यकामा दिउँसै चोरी गर्ने पाँच जना पक्राउ गरेको छ । प्रहरीले चोरीमा संलग्न कुखुरे भनि चिनिने राजेश लामिछाने समूहका पाँच जनालाई पक्राउ गरेको हो ।

बालाजु, महाराजगंज क्षेत्रलाई आधार बनाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा दिउँसै चोरी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त,महाराजगञ्‍जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बालाजुका २५ बर्षीय राजेश लामिछाने ‘कुखुरे’, नुवाकोटका २५ वर्षीय भिम तामाङ ,काठमाण्डौ चन्द्रागिरीका २३ वर्षीय रितेश लामा, धादिङका २७६ वर्षीय बिलाष खतिवडा र धादिङकै २८ वर्षीय नवराज सदाशंकर रहेका छन्।

प्रहरीले उनीहरुको चार थान मोबाइल, एक थान एलइडी टिभी, सुनका गरहगना ३ तोला ४० लाल बरामद गरेको जनाएको छ।