पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे तानसेन नगरपालिका–७ काजिपौवास्थित कच्ची सडकमा कुखुरा बोक्ने लु २ च ६३२ नम्बरको पिकअप जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी जीपमा सवार बगनासकाली गाउँपालिका ४ निबासी २० वर्षीय विजय खाम्चा र रिब्दिकोट गाउँपालिका ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको प्रहरीले जनाएको छ
कुखुरा बोकी आएको जीप सडकदेखि करिव २० मिटर तल खस्दा गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातिका जानकारी दिए ।