• बैशाख १८ २०८३, शुक्रबार

नेपालमा फेरि भूकम्पको धक्का

चैत्र २३ २०७७, सोमबार

 काठमाडौं ।  भर्खरै नेपालमा भूकम्पको धक्का महशुस भएको  छ ।  भारतको सीमा नजिकै भूकम्प गएको हुँदा  धक्का पूर्वी नेपालमा कडा महशुस भएको छ भने काठमाडौंमा पनि सामान्य महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त क्षेत्र नेपाल र सिक्किमको सिमा नजिकै पर्छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको हो ।

विराटनगर ,धरान इलाम लगायत पूर्वी नेपालका पहाडी जिल्लामा भूकम्पको धक्का महशुस भएपछि स्थानीय बासिन्दा घरबाहिर निस्केका थिए ।