तनहुँ । तनहुँमा ट्रक जलेर ध्वस्त भएको छ । सडकमा टांगिएको नाङ्गो तार सर्ट हुँदा आज साँझ तनहुँमा लु १ ख ८३६२ नम्बरको ट्रक जलेर ध्वस्त भएको हो ।
तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित चारकुनेतर्फ जाँदै गरेको ट्रक अचानक विद्युत् सर्ट हुन जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रहेको पराल जलेर नष्ट भएको छ ।
घटनाको जानकारी पाएलगत्तै व्यास नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।