काठमाडौँ। ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् । शनिबार उनलाई चितवनबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जनाएको छ ।
गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट म्याद थप गर्न लगिएको प्रहरीले जनाएको छ ।