• बैशाख १८ २०८३, शुक्रबार

दाङमा यात्रुबाहक बस दुर्घटना, २ जनाको मृत्यु दर्जन बढी घाइते

चैत्र २० २०७७, शुक्रबार

दाङ ।  दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए। घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।