बागलुङ । बागलुङमा १५ वर्षीया अपाङ्गता बालिका बलात्कारको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ परेका छन् ।
काठेखोला गाउँपालिका-१ का ८० वर्षीय वृद्धले चैत १२ गते बालिका बलात्कार गरेको उजुरी परेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिए ।