गोवा । रुकुम त्रिवेणीका धनबहादुर श्रीपाली प्रगतिशील नेपाली समाज समिति भारत गोवा राज्यको अध्यक्षमा चयन भएका छन् ।
सो संगठनको मार्च २५ मा बसेको विस्तारित बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । एक दशकदेखि निरन्तर संगठनमा काम गर्दै आएका श्रीपाली संगठन संचालनमा कुशल मानिन्छन् ।
प्रवासमा दुःखमा रहेका नेपाली दाजुभाईलाई आफूले र आफ्नो संगठनले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘जस्तोसुकै दुःखमा पनि हामी नेपाली दाजुभाई एकाकार भएर अघि बढ्नु पर्नेर्छौं,’ उनले भने ।
रुकुमकी क्यान्सर पीडित नन्दकला परियारलाई गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले संचालन गरेको अभियानमा एकाकार भएर परियारको उपचारमा संगठनको तर्फबाट आर्थिक सयोग गर्ने पनि बताए । लोकेन्द्र सेर्पालीबाट ।