• बैशाख १८ २०८३, शुक्रबार

भारतको गोवाबाट हराएकी रबिना आफन्तको घरमा फेला परिन्

चैत्र १७ २०७७, मंगलवार

गोवा । एकहप्ता अघि भारतको गोवाबाट हराएकी एकजना नेपाली किशोरी फेला परेकी छिन् । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं ६ बन्गैं निवासी रबिना योगी लामो समयको खोजि कार्यपछि फेला परेकी हुन् । रोजगारीको सिलसिलामा श्रीमान दीपक योगीको साथमा रहेकी रबिना मार्च २६ तारिखका दिन ११ः०० बजे कोठाबाट हराएकी थिइन् ।

उनी हराएपछि उनका श्रीमान दीपकले उनको खाजिका लागि प्रहरीकोमा रिपोर्ट गरेका थिए । त्यसपछि प्रहरी र आफन्तहरुको सकृयतामा उनको खोजिकार्यमा तिब्रता दिइएको थियो । खोजिकार्य गर्दैजाँदा रबिना आफ्नो नाता पर्ने दिदीको कोठामा भेटिएकी हुन् ।

अहिले उनी श्रीमानको सम्पर्कमा आइसकेको उनका भिनाजु तिलक वलीले जानकारी दिए । रबिनाले श्रीमानलाई नभनिकन दिदीको कोठामा गएकोले परिवारजनमा पर्न गरेको चिन्ताप्रति आफूलाई दुःख लागेको प्रतिकृया दिइन् । साथै उनले आगामी दिनमा यसरी बिना जानकारी कतैपनि नजाने प्रतिवद्धता पनि जनाइन् ।

उनी बेपत्ता भएपछि विभिन्न सामाजिक सञ्लाल तथा मिडियाहरुमा उनको खोजिकार्यका लागि अपील गरिएको थियो । उनको खोजिका लागि सहयोग गर्ने त्यहाँस्थित नेपाली तथा भारतीय सुरक्षाकर्मीलाई उनका आफन्तले धन्यवाद व्यक्त गरेका हाम्रा संवाददाता लोकेन्द्र सेर्पालीले जानकारी दिए ।।