• बैशाख १८ २०८३, शुक्रबार

क्यान्सर पीडित परियारलाई आर्थिक सहयोग हस्तान्तरण

चैत्र १७ २०७७, मंगलवार

गोवा । प्रगतिशील नेपाली समाज भारत गोवा राज्य समिति सदस्य डम्बरसिंह खत्रीले क्यान्सर पीडित नन्दकला परियारलाई रु १५ हजार तिनसय रकम आर्थिक हस्तान्तरण गरेका छन् । परियारको उपचारका लागि संकलन गरिएको सो रकम रुकुम बाँफिकोट गाउँपालिका–२ कुनाखेत रुकुम पश्चिम निवासी खत्रीले सो रकम साथीहरुबाट संकलन गरेर क्यान्सर पीडित परियारलाई हस्तान्तरण गरेका हुन् ।

नन्दकलालाई थप उपचारको लागि करिब १० लाख नेपाली रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । भारतको गोवा मेडिकल कलेजमा उपचार गराइरहेकि  उनलाई सो कलेजले मुम्बई स्थित टाटा हस्पिटलमा रिफर गरेको छ । उनको उपचारको लागि संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाको संयोजकत्वमा एक आर्थिक समिति गठन भएको छ ।

सो समितिले उनको उपचारमा आर्थिक रकम जुटाउने छ । त्यसका लागि गोवामा स्थित सबै नेपाली दाजुभाई दिदिबहिनीहरुबाट सहयोगको लागि अपेक्षा गरिएको छ । खत्रीले नन्दकला परियारको उपचारमा सहयोग पुर्याउन संयुक्त गोवा नेपाली समाजसित मिलेर आर्थिक संकलन अभियानमा सघाउने प्रतिवद्धता पनि जनाएका लोकेन्द्र सेर्पालीले जानकारी दिएका छन् ।