• बैशाख १८ २०८३, शुक्रबार

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना सङ्क्रमण

चैत्र १५ २०७७, आईतवार

काठमाडौँ। देशभर थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ हजार १०१ जनाको कोरोना परीक्षण गरिएकोमा थप ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार २ सय ८२ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ९५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ५३० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।